spot_img

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

spot_img
spot_img

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार जंगलमा घास काट्न गएको बेला बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सामुदायिक वनमा बिहान आठ बजे घास काट्न गएको बेला बाघ आक्रण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको शव करिब १० बजे जंगलमा फेला परेको थियो ।

यसअघि २९ वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोना ५३ वर्षीया लीला विष्टको पनि बाघले आक्रमणबाट मुत्यु भएको थियो । बाँकेमा पाँच महिनायता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

बाँकेमा बाघको आक्रमण बढेपछि नियन्त्रणमा लिन माघ महिनामा चितवनबाट प्राविधिक टोलीले समेत खटाइएको थियो । तर एक हप्तासम्म पनि बाघ फेला नपरेपछि प्राविधिक टोली फर्किएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय