Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

प्रहरीकै संरक्षणमा पर्साको गादी खोलाबाट अबैध रुपमा बालुवा,गिट्टीको उत्खन्न 

spot_img

बीरगन्ज,१८ असार – प्रहरीकै मिलोमतोमा अबैध रुपमा पर्साको गादी खोलाबाट बालुवा गिट्टी उत्खन्न भइरहेको छ । पर्साको पर्टेवा सुगौली गाउँपालिकाका वडा नं. २ गादीमा पर्ने गादी खोलाबाट बालुवा गिट्टी उत्खन्न गर्न जिल्ला समन्वय समिति पर्साको नेतृत्वमा रहेको अनुगमन टोलीले रोक लगाएको थियो । बालुवा गिट्टी उत्खन्नमा स्थानिय सरकारले पनि रोक लगाएको छ । स्थानिय सरकारले नियम मिचेर ठेक्का लगाउन खोज्दा स्थानिय जनताहरुले बिरोध गरेपछि बिगत ३ बर्ष देखि सो खोलाबाट बालुवा गिट्टी उत्खन्न गर्न रोक लगाइएको छ ।

सरकारले निर्धारण गरेको बालुवा गिट्टी उत्खन्न मापदण्डमा गादी खोला नपरेपछि उत्खन्नमा रोक लगाइएको हो । गादी खोला जंगल अधार क्षेत्रभित्र पर्छ । तर बिगत लामो समय देखि बालुवा गिट्टीको तस्करी गर्ने एक गिरोहले जंगल क्षेत्र भित्र पर्ने गादी खोलाबाट अबैध रुपमा बालुवा गिट्टी उत्खन्न गरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौली तथा स्थानिय रंगपुर प्रहरी चौकीको मिलोमतोमा बिजय मिश्रा,सागिर खाँ,दिपक रसाईली र मनोहर उराव (धागड़) लगायतको तस्कर गिरोहले बालुवा,गिट्टी तथा नदि जन्य पदार्थको तस्करी चोरी निकासी गरी रहेका छन् । बालुवा,गिट्टी प्रहरी चौकीकै बाटो भएर जाने गरेको भएपनि प्रहरीले मासिक नजराना लिएर चुपी साधेका छन् ।

स्थानिय प्रहरीलाई पटक पटक पर्टेवा सुगौलीका संचेत नागरिकहरुले सो कार्य रोक्न ताकेदा गर्दा पनि प्रहरीले कुनै चासो नलिएपछि स्थानियहरुले पर्साका प्रहरी उपरिक्षक रमेश कुमार वस्नेतलाई अबैध रुपमा गादी खोलाबाट बालुवा,गिट्टी उत्खन्न भई तस्करी हुने गरेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनमा स्थानिय प्रहरीले शनिवार तस्कर गिरोहका दुई ओटा ट्रक्टरलाई बालुवा,गिट्टी लोडगरी गइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

खेलाबाट बालुवा,गिट्टी तस्करी हुने गरेको कुरा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक ईश्वर अचार्यसँग बुझदा आफुलाई सो बारे थाहा नभएको बताए । उनले आफुहरु अबैध उत्खन्नलाई निरुत्साहित गर्ने प्रयास गरेको भएपनि यदाकदा लुकीछुपी उत्खन्न भएको हुन सक्ने दावी गरे । उनले नियन्त्रणमा लिइएको ट्रक्टरको बारेमा अनुसन्धान भइरहेको बताउदै दोषीलाई कारवाहीको दायरा ल्याउने दावी गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय