पटक पटककाे अनदाेलन र दबाव पछि अंततः तिलावे पुलकाे निर्माण सम्पन्न, बुधबार उद्घाटन हुने

spot_img

बीरगन्ज । पर्साको ग्रामीण भेगलाई सदरमुकाम बीरगन्जसँग जोड्ने तिलावे पुल अंततः ७ वर्ष पछि निर्माणा सम्पन्न भएकाे छ । निर्माणको ठेक्का पाएको पप्पु/लुम्बिनी जेभि(जाेइन्ट भेन्चर)ले  पटक पटककाे अनदाेलन र दबाव पछि साउन २५ गते बुधबारका दिन संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राइले उद्घाटन गर्ने भएका छन् ।

अज भन्दा ९ महिना अगाडि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदारसहितको सर्वपक्षिय बैठकले अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य सुचारु गर्ने सहमति गराएकाे थियाे। बैठकमा पुलकाे निर्माण चैत मसान्तभित्र सक्ने सहमति भएकाे थियाे । बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगन्जका प्रमुख दरोगा साह, पुल निर्माणको ठेक्का लिएको पप्पु लूम्बीनी जेभि कन्ट्रक्सनका सञ्चालक, विभिन्न पालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख लगायतको सहभागीता रहेको थियो।

बीरगन्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने तिलावे पुल ७ वर्ष बितसक्दा पनि बन्न नसक्दा पर्सा जिल्लावासीले सास्ती खेप्दै आएका थिए ।

युवाहरुको दवाव मुलक आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षिय बैठकले अलपत्र रहेको पुलको निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको थियाे।

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोला पुलको ठेक्का सकारले गरेको थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगन्जका अनुसार सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर ठेकेदार कम्पनिले पटकपटक म्याद थप गराउँदै आएको थिए।

पुलको निर्माण कार्य सकिएर उद्घाटनको तयारी भइरहदा पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनीयारले नवनिर्मित पुलको स्थलगत अवलोकन गरेका छन् । त्यस क्रममा रौनीयारले पुल निर्माण भइ अब सन्चालनमा आएपछि जिल्लावासीको आवागमनमा निक्कै सहजता हुने बताए । उनले तराइ मधेसकै लाइफलाइनका रुपमा रहेको हुलाकी सडकमा निर्मित यो पुलले जिल्लाको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए ।

तिलावे नदिको पुरानो फलामे पुुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहा हरेक दिन बिहान र साँझ घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय