अदालतले निकास दिएमा मुख्य सडक ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

spot_img

बीरगन्ज महानगरपालिकाका मेयर रजेशमान सिंहले अदालतले निकास दिएमा मुख्य सडक ५० मिटर फराकिलो बनाइने बताएका छन् ।

उनले नेपाल पाेष्ट डेली संग भने ” जुन विषय अहिले अदालतमा विचाराधीन छ र यदि अदालतले निकास दिएमा सरकारी नियमअनुसार मुख्य सडकलाई ५० मिटर फराकिलो बनाइन्छ र  मैले तत्काल विस्तार गर्छु भनेको पनि होइन ।”

२०७३ असार २९ गते शुरू भएको यो योजना २०७५ पुस २८ गते (तीस महीना)भित्र पूरा गर्नुपर्ने थियो । तर अदालतले निकास नदिए पछि काम भएको छैन ।

याे पनि पढनुस्
बीरगंजको मेनरोड २५-२५ मिटर विवाद : कतै विरोध त् कतै फराकिलो पार्नु पार्ने भन्दै हस्ताक्षर अभियान
बीरगन्ज सडक फराकिलो परिने काममा किन थपियो म्याद, यस्तो छ कारण
बीरगन्ज मुख्य सडक वारेको रिट १७ गतेको लागि पेशी सर्यो

यस अघि पटक पटक बीरगन्जको मेनरोडको मध्यबाट २५/२५ मिटर दायाँबायाँ फराकिलो पार्ने कामका लागि घर संरचना भत्काउने भनेर हेटौंडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरिसकेको छ । तर घरधनीले सडकछेउका घरहरुको लालपुर्जा भएको र नक्सा पास रहेका साथै मालपोत तिर्दै आएको बताएका छन् । यदि घर भत्काए पनि त्यसको उचित मुआब्जा दिइयोस् भन्ने उनीहरुको माग छ।

साँघुरो सडकले गर्दा अस्तव्यस्त बनेको बीरगन्ज सहरलाई नयाँ स्वरुप दिन मेनरोड ५० मिटर फराकिलो बनाउनै पर्ने माग युवाहरुको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय