बीरगन्ज २७ साउन । बीरगन्जकाे वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेरमा हत्या गरेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरी नायब उपरिक्षक कार्कीले नेपाल पाेष्ट डेलीलाइ जनकारी दिए ।
उनले भने” घटना करीब बिहान ३/४ बजेको हाे , दिनेश पक्राउ परेको छ, मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोष्टमार्टनका लागी नारायणी अस्पताल पठाइएकाे छ। थप अनुसनधान भइरहेकाे छ ।”
गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षकाे भनाइ छ ।
आरोपित दिनेशले प्रहरीलाई दिएको बयान अनुसार उनले श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकामा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

