सन्दीप लामिछानेलाई पक्राउ अनुमति माग्न प्रहरी अदालत जाँदै

spot_img

काठमाडौँ,२२ भदाै । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले उनलाई पक्राउ गर्ने अनुमति माग्न प्रहरी अदालत जाने भएको छ ।

कुनै पनि घटनामा आरोप लागेका वा सम्बन्धित मानिसलाई पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतसँग अनुमति माग्नुपर्ने कानुनी प्रावधान छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ ।

प्रहरीका अनुसार कप्तान सन्दिप लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई राति २३ः५५ बजे तिलगंगास्थित एक होटलको कोठा नं. ३०५ मा मिति भदौ ६ गते राति पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मंगलबार प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय