spot_img

पोखरीया बजारमा ऐलानी जग्गामा बनाइएका घर टहरा ३ दिन भित्र हटाउँन पर्ने

spot_img
spot_img

पर्सा,२ असोज – पर्साको पोखरीया नगरपालिकाको पोखरीया बजार क्षेत्र भित्र पर्ने ऐलानी जग्गामा बनाइएका घर टहराहरु हटाउँन नगरपालिकाको कार्यालयले सूचना जारी गरेको छ । नगरपालिकाले एक आइतवार एक सूचना जारी गर्दै पोखरीया नगरपालिका वडा नंबर ४ मा रहेको पोखरीया बाजारमा अबैध रुपमा ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर टहराहरु ३ दिन भित्र हटाउँन नगरपालिकाले सूचना जारी गरेको छ ।

पोखरिया नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अशोक रौनियारले नगरपालिकाले ऐलानी जग्गामा बनाइएको घर टहरा हटाउन सूचना जारी गरेको बताउँदै तोकिएको समय भित्र जग्गा खाली नगरिए कानुनी बमोजिम नगरपालिकाले जग्गा खाली गराउने बताए । लामो सयम देखि बजार क्षेत्रको ऐलानी जग्गामा घर टहरा बनाई स्थानियहरुले भोगचलन गर्दै आएका छन् । नगरपालिकाका जनप्रतिनिधीहरु बजारक्षेत्रको अतिक्रमित जग्गा घर गराउँन सहमती दिए पनि नगरपालिकाले जग्गा खाली गर्न सूचना जारी गरेको पोखरीया नगरपालिकाको कार्यालय पोखरीया पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय