जनकपुरधाम, कार्तिक २९ । जनकपुरधाममा निःशूल्क बी.पि र सुगर जाँच शिविर सम्पन्न गरिएको छ । विश्व मधूमेह दिवसको अवसरमा आयोजित शिविरमा उल्लेख्निय मानिसको उपस्थिति रहेको थियो ।
विश्व मधूमेह दिवसको अवसरमा कायापलट, हार्ट टू हार्ट फउण्डेसन, नेपाल हृदय प्रतिष्ठान र सेफ मदरहूढ नेट्वर्क फेड्रेसन नेपालद्वारा संयुक्त आयोजना गरिएका थिए ।


जानकि मन्दिरमा आयोजित शिविरमा ९० जनाले निःशूल्क सेवा लिएका थिए । जसमा बृद्द, युवा तथा जनकपुरबासिको उपस्थिति रहेको कायापलटका अध्यक्ष कैयुम राईनले बताए। उनका अनुसार शिविरमा देखिएको उत्साहले गर्दा सरोकारवाला पक्षले पनि समय समयमा शिविर आयोजना गर्न पर्नेमा जोड दिएका छन् ।

त्यस्तै हार्ट टू हार्ट फाउण्डेसनका मधेश प्रदेशका संयोजक डा. राजेश शाहले भने, ‘स्वास्थ प्रतिको जनचेतना निकै आवश्यक छ । यसप्रतिको गम्भिरतामा सबैले होस पूर्याउन पर्ने हुन्छ । स्वास्थ रहे पो अन्य कुराको कल्पना गर्न सकिन्छ ।’
कार्यक्रममा महिला अधिकारकर्मी प्रतिभा मण्डल, जमूना भूजेल, लक्ष्मी साह तथा युवा अधिकारकर्मी शूभम साह, रिषभ कुमार लगायतको उपस्थिति रहेका छन् ।

