10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

सीता-राम विवाह महोत्सवअन्तर्गत मटकोर विधि सम्पन्न

सिफारिस

जनकपुरधाम, मंसिर ११ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सीता-राम विवाह महोत्सवअन्तर्गत मटकोर विधि सम्पन्न भएको छ।

- Advertisement -

मिथिलाको विधिविधानअनुसार जनकपुरधामस्थित गंगाासागर पोखरीबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ। सोही उत्खनन् गरिएको माटो जानकी मन्दिरमा ल्याएर मडवा बनाउने चलन छ। मडवामा बेहुला–बेहुली बस्ने गर्दछ।

- Advertisement -

त्रेतायुगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गंगा सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले बर्सेनि विवाह पञ्चमी महोत्सवमा माटो लगिने परम्परा रहेको जानकी मन्दिरका उतर अधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

मिथिलाको विधि-विधानअनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायत नयाँ लुगा लगाई सागरमा नुहाउने गरिन्छ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजा तथाझाकीसहित स्थानीय महिलासहितको टोली पुगेर जनकपुरधामको गंगासागरमा माटो लिइसकेपछि नगर परिक्रमा गर्ने प्रचलन छ। मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाह सम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ।

मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा चना, बदाम, पुरी र खिर वितरण गर्ने चलनअनुसार जानकीको तर्फबाटमटकोरका लागि पुगेका श्रद्धालुलाई प्रसाद वितरण गरिएको थियो। मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर एउटा महत्त्वपूर्ण विधि मानिन्छ। रामजानकी मन्दिरका महन्थसहित पोखरीबाट पवित्र माटो ल्याइ स्वयंवर (विवाह)को अघिल्लो दिन मण्डप बनाउने यो विधिलाई ‘मटकोर’ भनिन्छ।

यही मटकोरको माटोबाट विवाह पञ्चमीका दिन जानकी मन्दिरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिनेछ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -