चियापसल बाट आत्मनिर्भर बन्दै जनकपुरका युवा 

spot_img

 

 

 

जनकपुरधाम,मंसिर १२ ।

दुनिया में हम आएं हैं तो जीना ही पड़ेगा, जीवन है एक जहर तो पीना ही पड़ेगा’.

फिल्म मदर इन्डियाको यो गीतले जीवनको कठिन अवस्थालाई धेरै तरिकामा झल्काउँछ। आज पनि, बढ्दो विकास आधुनिक नेपालको यस युगमा, यस्ता धेरै उदाहरणहरू छन् जो आफ्नो जीवनमा संघर्ष गर्दै अगाडि बढिरहेका छन् र समाजको लागि प्रेरणा बनिरहेका छन्।

साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा पर्वलाई विशेष महोत्सवका रूप लिएको छ । जानकी मन्दिरमा हुने सिता-राम विवाह अर्थात् स्वयंम्वरमा अदृष्य रुपमा देवीदेवताको समेत सहभागिता हुने विश्वास जनमानसको छ । त्यसैले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा लाखौंको संख्यामा श्रद्धालु र साधुसन्त सहभागी हुन्छन् ।

विवाहपञ्चमी महोत्सवमा जनकपुरधामका युवाहरु निकै सक्रिय भएका छन्। युवाहरु विभिन्न संघ सन्थामा लागेर श्रद्धालु र साधुसन्तहरुको सेवामा एक चित भई विभिन्न माध्यम बाट मेडिकल क्याम्प , निस्कुल भोजन , पानी जस्तै थुप्रै समाज सेवीकाममा लागेका देख्न पाइएको छ।

मलाई कसैले सोध्यो:- उत्सव तिमी ब्याचलर पढेर चियाकिन बेच्दै छौ..?मैले जवाफ दिएँ– कुनै पनि काम सानो हुदैन, कामलाई सानो ठान्नेको बुद्धि पनि सानो हुन्छ ।
मलाई कसैले सोध्यो:- उत्सव तिमी ब्याचलर पढेर चियाकिन बेच्दै छौ..? मैले जवाफ दिएँ– कुनै पनि काम सानो हुदैन, कामलाई सानो ठान्नेको बुद्धि पनि सानो हुन्छ ।

यही सँगै जनकपुरमाधाममा समाज सेवा गर्न एउटा अनौठो दृश्य देख्न पाइयो। विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको सेवा र समाज सेवा गर्न पाऊँ भने उद्देश्यमा जनकपुरधामका वार्ड नं ३ काम बासी उत्सव कुमार गुप्तले विवाहपञ्चमीको उपलक्ष्यमा एक दिने चियापसल खोली सेवा गर्न बाटो रोजें । आफ्नो भावी पुस्ताको लागि केहि राम्रो सिकाई दिने उद्देश्यमा चियापसल खोली एक दिने सेवा दिन लागेको बताए ।

युवा उत्सवले भने मैले जीवनमा अहिले सम्म धेरै राम्रो र नराम्रो समयको सामना गरेको छु।स्नातक अध्ययन पढाइसँगै सङ्गीतक्षेत्र र समाजसेवामा सधैँ निकै तत्पर रहने आज थप एउटा अझै नाममा चिया विक्रेताको छाप लगाइएको छ ।

 

नेपाल पोस्ट डेलीका पत्रकार सँगको कुरा कानीमा  उत्सवले  भने आफ्नो भावी पुस्ताको लागि केही गर्न चाहन्छु आउँदो पुस्ता हामी बाट केही सिकोश खाडीमा गएर जीवन भरी कष्ट भोगी पैसा कमाईन छ तर आफ्नै  देशमा पनि बसेर पैसा कमाउन सकिन्छ अब कसैलाई पनि बेरोजगार बस्नु पर्दैन प्रयास गर्यो भने सफल हुन सकिन्छ  जीवनमा कुनै काम सानो हुँदैन । यति सानो उमेरमा यस्तो सोच सराहनीय रहेको छ।

उत्सवलाई चिया बेचेर ठूला नेता बननु छैन् भने, तर उनको मुख्य उद्देश्य समाजमा सफल व्यक्तिको रूपमा आफ्नो पहिचान बनाउनु हो ।

युवा गुप्ता सँग चिया पसल खोल्ने पैसा थिएन । परिवारको सहयोग र केही जम्मा गरेको पोकेट मनिले पसल खोलेको हो ।युवा गुप्ताले भन्छन् म एमबीए चाइवाला प्रफुल्ल बिलौरबाट प्रेरित भई चिया पसल खोलेको हो ।उनको चिया बेच्ने विचार एमबीए चाइवाला उर्फ ​​प्रफुल्ल बिल्लौरको भिडियो हेरेर आएको हो।

पसलमा ईलायची चिया, मसाला चिया र अदुवा चिया विशेष छन्ने यति मात्र न भए चियाको  मूल्य नेपाली १० रुपैयाँ रहेको छ  र श्रद्धालु साधुसन्तलाई निशुल्क चिया दिएर ३०० देखि ४०० जनालाई खोवाइसके बताए।

पसलमा ग्राहक लाई ल्याउन उत्सवले स्टल अगाडि‘

पिना ही पडेगा’,पीना ही पड़ेगा’, ‘और सोच मत.. चालू कर दे बस’, ‘लोग क्या सोचेंगे अगर, ये भी हम सोचेंगे, तो फिर लोग क्या सोचेंगे’

जस्तो लेखिएको ब्यानर टाँसेका छन् । यी सबै पञ्चलाइनहरूले ग्राहकहरूलाई उनीहरूतर्फ आकर्षित गर्छन्  भने।

युवा गुप्ताले  चिया बेच्ने कामले कम खर्चमा राम्रो नाफा र समाजसेवा गर्ने राम्रो अवसर पाए अब आगामी दिनमा पनि सर्धालु जन र साधुहरुका लागि निःशुल्क चिया पसल खोल्ने उनको मनसाय रहेको छ ।

 

 

 

 

spot_img

ताजा अपडेट

लोकप्रिय