spot_img

रेशम चौधरीलाई छुटाउन सरकारले ल्यायाे अध्यादेश

spot_img
spot_img

काठमाडौँ । एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको कैलाली टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलगायतलाई आम माफी दिन मिल्नेगरी सरकारले अध्यादेश ल्याएको छ। नयाँ सरकार गठनका लागि गृहकार्य भइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायतलाई आम माफी दिन अध्यादेश ल्याएको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थपेर ‘राजनीतिक विद्रोहीहरू’ लाई आम माफी दिने प्रावधानसहित अध्यादेश ल्याइएको छ। दफा ११६ मा अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नहुने उल्लेख भए पनि त्यसलाई संशोधन गर्दै आगामी दिनमा नजिरसमेत नबस्नेगरी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए। यो अध्यादेश जारी भएपछि पाँच वर्षदेखि जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार चौधरीलगायतको मुद्दा फिर्ता लिन सरकारलाई बाटो खुल्नेछ।

‘राजनीतिक आन्दोलनका कारण विभिन्न मुद्दा खेपिरहेका व्यक्तिहरूलाई माफी दिन पछि नजिर नबस्ने गरी फौजदारी संहिता कार्यविधि परिमार्जन गर्न अध्यादेश ल्याउने निर्णय भएको हो’, ती मन्त्रीले भने। यो वा त्यो भनेर नतोकी राजनीतिक प्रकृतिको मुद्दा खेपिरहेका सबै पक्षलाई माफी दिन मिल्नेगरी अध्यादेश ल्याउने निर्णय भएको ती मन्त्रीले बताए। – याे खबर नागरिक दैनिकमा छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय