spot_img

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

spot_img
spot_img

काठमाडाै,३१ वैशाख । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् ।

एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै  पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए ।

उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको वर्षको साउन २६ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय