मगही भाषा र संस्कृति संरक्षक अभियानीहरुले बुझाए ज्ञापन पत्र

spot_img

जनकपुरधाम, पौष १३ गते।

जनकपुरधाम मगही भाषा तथा संस्कृति संरक्षक अभियानीहरुले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, गृह तथा सञ्चार भरत प्रसाद साह र जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोजकुमार साह सहित मगही अभियानीहरुले ज्ञापन पत्र बुझाएका छन्।

सो र्‍याली कार्यक्रममा पिछडावर्ग (ओबिसी) महासंघ नेपाल उठाउदै आएका माग एवं मगही भासा भाषीहरुले उठाएका माग निम्न अनुसार छन्।

मगही भासा संस्कृति विकास को लागि मगही भासा संस्कृति विकास बोर्ड के गठन हुनुपर्दछ। हामीहरुको मातृभाषा मगही प्राथमिक शिक्षामा पठन लागु हुनुपर्दछ। मगही भासाभासीको पहिचान मुरलीचौक मुरली सर जनकपुरधामको सान हो यसैले मुरलीचौक कायम हुनुपर्दछ।

 

मगही भाषाभाषी प्रदेश सासदहरुलाई अनुरोध छ कि आफनो आफनो मातृभासा मगही मा सपथ ग्रहण गरुन।

 

ठेठी, देहाती, खिचडी, सोलकन, बोलीलाई मगही भासा भनिन्छ। मगही भाषा संस्कृतिको धोती, कुर्ता, गमछा पगडी पहिचान हो यही मधेशको सान हो।

 

पिछडावर्ग (OBC) जात जातीको पहिचान गरी उनीहरुको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन, र उत्थानको लागि गठित मधेश प्रदेश सरकारको उच्चस्तरीय सुझाव समितिको अध्यक्ष माननीय मन्त्री शैलेन्द्र साह ज्युको प्रतिवेदन सार्वजनिक गर भन्दै मगही अभियानी नाराबाजी समेत लगाएको थियो।

 

पिछडावर्ग (ओबिसी) महासंघ नेपालका आयोजनामा भएको कार्यक्रम केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो केन्द्रिय महासचिव परमेश्वर कापडी तथा ओबिसीका अगुवा नेता अम्भुप्रसाद साहको संयोजनमा भएको थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय