एक युवकको शव फेला

spot_img

जनकपुरधाम, पौष  १४ । महोत्तरीको पिपरामा एक युवकको शव फेला परेको छ। बिहिबार बिहान करिब साढे ६ बजे जिल्लाको पिपरा गाउँपालिका ५ चाँदनी चोकस्थित जनकपुरधाम जलेश्वर सडकखण्डको उत्तर साईडको कल्भटमा जमेको पानिमा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

करिब २५/३० बर्षको तराई मुलुकको जस्तो देखिने पुरूषको शव फेला परेको तथा शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय