spot_img

‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ त्यो त भनिदिनुहोस् : विमानस्थलमा पुगेका आफन्तहरु

spot_img
spot_img

काठमाडौं । विमान दुर्घटना भएको खबर थाहा पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तहरु आक्रोशित भएका छन् ।

आफन्तकोस्थिति बुझ्न पोखरा जान चाहे पनि पोखरा जाने व्यवस्था नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरु यति एयर र विमानस्थल कार्यालयप्रति आक्रोशित भएका छन् ।

पोखरामा यति एयरको विमान दुर्घटनामा परेपछि पोखराको उडान रोकिएको छ ।

अर्का यात्रीका आफन्तले यति एयरका कर्मचारीसँग प्रश्न गरे, ‘३ घन्टा भइसक्यो, हाम्रो आफन्तको स्थिति के छ त्यो त भनिदिनुहोस् ।’

spot_img

ताजा अपडेट

लोकप्रिय