शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...

कटुवा पेस्तोल लगायतका हतियारसहित...

काठमाडौँ,१६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा...

युवती हत्या आरोपमा एक...

बुटवल,१६ चैत । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा...
23.1 C
Kathmandu
34.8 C
Birgunj

अपहरणपछि जनकपुरधामका दुई युवकको भारतमा हत्या

५० लाख मागिएको थियो फिरौंती

सिफारिस

जनकपुरधाम । अपहरणपछि जनकपुरधामका दुई युवकलाई भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका ८ का रोहित साह र १३ का विष्णु साहको भारत बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या गरिएको हो । रोहितले बिष्णुलाई लिएर आफन्तको घरमा गएका बेला करिब १३ दिनदेखि सम्पर्कविहिन रहेका दुबै जना सोही स्थानमा मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ । मृतक दुबैजना परिवारका सदस्य हुन् ।

- Advertisement -

आफन्तको घरबाट अपहरणमा परेर सम्पर्कविहिन भएका बेला भारतीय मोबाइल नम्बरबाट फिरौंतीको लागि फोन आएको थियो । तर फिरौंती लिनुअघि नै उनीहरुको हत्या भएको छ । अपहरणकारीले उनीहरुको परिवारजनसँग सुरुमा ५० लाख मागेको थियो भने पछि फिरौंती रकम २० लाख मागेका थिए । अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो ।

विष्णुका पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो । आइतबार बिहान भेटिएको शव सनाखतका लागि भारतीय प्रहरीले मृतकका परिवारलाई खबर गरेको थियो । मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ । शव नेपाल प्रहरीलाई बुझाउने तयारी समेत भइरहेको छ ।

- Advertisement -
रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार