बीरगन्जमा सशस्त्र प्रहरी–तस्करीमा संलग्न महिलाबीच झडप

spot_img

बीरगन्ज,१५ वैशाख । सीमावर्ती क्षेत्रमा चेकजाँचका क्रममा भएको विवादले झडपको रूप लिँदा दुई जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन्। घटना बीरगन्जको अलखिया मठ अगाडि भएको हो।

जानकारी अनुसार चेकजाँचका क्रममा तस्करीमा संलग्न भनिएका महिलाहरूबाट सामान नियन्त्रणमा लिन खोज्दा विवाद सुरु भएको थियो। सोही विवाद बढ्दै जाँदा झडपमा परिणत भएको र त्यस क्रममा सशस्त्र प्रहरी बल नेपाल का दुई जवान सामान्य घाइते भएका हुन्।

प्रहरीले घटनापछि महिलाहरूबाट एक पोका सेन्डो गन्जी नियन्त्रणमा लिएर भन्सार कार्यालय वीरगञ्ज मा बुझाएको जनाएको छ। झडपमा संलग्न महिलाहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि नियमित चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय