शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य तोलामा ७००...

काठमाडौं,०७ वैैशाख । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको...

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको...

गोदार,०७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।...

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...
26.1 C
Kathmandu
38 C
Birgunj

१३ औं गोतामे पत्रकारिता स्वर्ण पदक पत्रकार मनिका झालाई प्रदान गरिने

सिफारिस

जनकपुरधाम, माघ १६ । यस वर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ अन्नपूर्ण पोस्टकी मधेस प्रदेश ब्यूरो प्रमुख मनिका झालाई प्रदान गरिने भएको छ ।

- Advertisement -

वीरगञ्जमा सोमबार बसेको पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको बैठकले १३ औं ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार झालाई दिने निर्णय गरेको हो ।

उनी नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष पनि छिन् ।फागुन २ गते वीरगञ्जमा प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी झालाई पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्य नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।

- Advertisement -

गतवर्ष सप्तरीका अग्रज पत्रकार बैजनाथ झालाई यो पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सप्तरीकै भोलाकुमार पासवान, झापाका केशव आचार्य, पाल्पाका मेघराज शर्मा, कञ्चनपुरका चित्राङ्ग थापालगायतले यो पुरस्कार पाइसकेका छन् ।

 

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार