वीरगन्जमा मिस नेपाल अडिसन निरासाजनक, जम्मा ७ जना सहभागी

spot_img

वीरगन्ज फाल्गुन ५, आयोजकका अनुसार अडिसन दिनेहरुमा १९ देखि २२ वर्ष उमेर समूहका युवतीहरु रहेका छन् । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने र वीरगन्ज अडिसनबाट छनोटमा परेकाहरुले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि बताए ।

आशा गरेअनुरुप वीरगन्ज अडिसनमा सहभागिता भने कम रहेको आयोजकले बताए । ‘वीरगन्जले पहिलो मिस नेपाल रुबी राणा र त्यसपछि अर्को मिस नेपालको रुपमा उषा खड्गी दिएको आयोजकले बताएा
आयोजकले भन्छन यहाँका युवतीहरूमा झनै बढी अडिसनप्रति उत्साह हुनुपर्ने हो , ‘तर हाम्रो आशाविपरीत यहा त्यो उत्साह केही कम देखियो ।’

यस वर्षसमेत निरन्तर ४ बर्ष वीरगन्जमा मिस नेपालको अडिसन लिइएको बताए । यसपछि सोमबार पोखरा र त्यसपछि धनगढी, नेपालजगन्ज र सुर्खेतमा अडिसन लिइने बताए ।

वीरगन्जमा अडिसनमा सहभागी भएकाहरुलाई बिहीबार अभिमुखिकरण र प्रोत्साहनका लागि बिहीबार साँझ मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्कासँग डिनरको व्यवस्था गरिएको बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय