बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

धनुषाका आँप खेती गर्ने किसानहरु हर्षित

सिफारिस

जनकपुरधाम, चैत ४ । धनुषाको बटेश्वरका आँप खेती गर्ने किसानहरु हर्षित भएका छन् । मौसममा देखिएको अनुकूलता तथा बढी मात्रामा आँपको रुखमा मजर लागेकाले किसानहरु हर्षित भएका हुन् । वर्ष दिनको एकलौटी खेती गर्दै आएका किसानहरुको खेतवारीमा आँपको मजरले वास्ना दिदै आएको छ ।

- Advertisement -

गत वर्षको तुलनामा यस किसानहरुको आँपको मजर बढी पलाएको बटेश्वर गापा–१ का किसान रामउदगार महतोले बताए । उनका अनुसार गत वर्षको तुलनामा आँपमा मजर लागेको भएपनि निलगाइले मजर नै खाने गरेको र मजरमा दाना लागेर बाँदरले टिपेर फाल्ने, खाने गरेकाले आफुहरुलाई चिन्ता थपेको गुनासो गरेका छन् ।बटेश्वर गाउँपालिकाको वडा नं. १ देखि ४ वडामा बढी मात्रामा आँपको खेती किसानहरुले गर्ने गरेका छन् । अहिले निलगाई र बाँदरको आंतकले गर्दा किसानहरु आफनै आँप बगैचामा निर्धक्क भएर जान समेत पाएका छैनन् । अचेत निलगाई हुलका हुल एउटै ठाउँमा बस्ने गरेको छ । बटेश्वर गाउँपालिकाको आपँ बगैचा नै बाँदर, निलगाई र बदेलको सुरक्षित वासस्थान बनेको छ । अचेत बँदेल एकआध मात्रै देखिएको भएपनि बाँदर र निलगाईको आंतकले किसानलाई सह्न सकस भई रहेको बटेश्वर–१ चित्रपुरका किसान सन्त पुण्यदेव दासले बताए । किसानको घर आगंन र बारीमा समेत लगाइएको खेती र तरकारी बाली समेत नष्ट गर्ने गरेकाले आफुहरुलाई निकै समस्या भएको सन्त पुण्यदेव दासले बताए ।

जंगली जनावरको आंतकले गर्दा किसानहरुले खेती गर्न सकेका छैनन् । धान, चामल, गहुँलगायत तरकारी समेत किन्नु परेको र खेत बाँझो भएकाले आफुहरुलाई आर्थिक, मानसिकलगायतको समस्या भई रहेको किसान नथुनी कुशवाहाले बताए ।

- Advertisement -

चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरुले आँप खेती गरेको र अहिले आँपका रुखहरुमा देखिएको मजरले करीब २३ हजार १ सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको केन्द्रका बागवानी अधिकृत प्रदीप कुमार यादवले बताए ।

 

गत आर्थिक वर्ष २०७८÷०७९ मा ३ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा आँप खेती गरेकोमा २२ हजार ७ सय ५० मेट्रिक टन आँप उत्पादन भएको थियो । तर यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यही अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको छ ।

आँप खेतीबाट पनि राम्रो आम्दनी हुने गरेकोले किसानहरुले आँप खेति तर्फ पनि आकर्षित भएपनि अहिले मजर नै घोरगदहाले खाने गरेको छ । फल लागेरपछि बाँदरले टिपेर फाल्नेलगायतको समस्या किसानहरुको लागि चुनौतीको विषय बनेको छ ।
जिल्लाका गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, वटेश्वर गाउँपालिका आँप उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ । पकेट क्षेत्र घोषणा गरिएको भएपनि हरेक किसानले यसको लाभ लिन सकेको छैन् । केही किसानहरुले व्यक्तिगत रुपमा मात्रै फाइदा लिने गरेको छ ।

धनुषामा खास गरी मालदह, बम्बै, दशहरि, मलिका, कलकतिया, आम्रपालीलगायतका विकसित आँप बढी उत्पादन हुने गरेको छ । धनुषामा उत्पादन भएको आँप काठमाण्डु, विरगंज, पोखरालगायत भारतमा समेत जनकपुर, जलेश्वर, गौर, मलगवा हुदै निर्यात हुने गरेको छ ।

 

 

 

 

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार