शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

spot_img

सप्तरी,१४ वैशाख । सप्तरीको बोदेबर्साईन नगरपालिका–५ स्थित सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार यादव राति करिब ३ बजे शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए। तत्काल अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल नं. ६ गण सप्तरीका प्रमुख रोशन बुढाथोकीले यादवमा उच्च रक्तचापको समस्या रहेको बताएका छन्।

मृतक यादव पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा थिए। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय