सिरहामा चट्याङ लागेर महिलाको मृत्यु, श्रीमान् घाइते

spot_img

सिरहा,१४ वैशाख । सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

मंगलबार राति करिब साढे १० बजे परेको चट्याङले करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। चट्याङ लागे पनि उनको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन।

घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाबारे मृतकका माइती पक्षलाई जानकारी गराइसकेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय