शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

चैत ९ गतेदेखि बीरगन्जमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी अब मधेश प्रदेशकै बीरगन्जमा पनि सञ्चालनमा आउने भएको छ । भाटभटेनीको २४ औं स्टोरको यती चैत ९ गते औपचारिक उद्घाटन हुने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

- Advertisement -

देशभर स्टोर विस्तार अभियानमा रहेको भाटभटेनीले यस अगाडि २३ वटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । यो स्टोर मधेश प्रदेशकै पहिलो हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको गुरुङले बताए । गुरुङ्काअनुसार देशकै प्रमुख औद्योगिक शहर बीरगन्जबाट पनि सेवा प्रदान गर्ने लक्ष्यका साथ २४ औं स्टोर स्थापना गरिएको हो ।

स्टोरमा २ अर्ब ५० करोड बढीको लागत रहने तथा करिब २ सय ५० जना स्थानियले रोजगार प्राप्त गर्ने गुरुङको भनाई छ । उनले भने, ‘स्वदेशमै सहज र सुलभ मूल्यमा अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो प्रयास हो ।’

- Advertisement -

मधेश प्रदेशकै सबैभन्दा ठुलो शहर बीरगन्जबाट सेवा सुरु गर्न पाउँदा खुशी लागेको बताउँदै उनले यस स्टोको शुभारम्भले यस क्षेत्रका जनतालाई सपिङको सहजता र यहाँको बजार थप चलायमान हुने विश्वास व्यक्त गरे ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको पनि उनको दावी छ । ‘हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामाग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं’, उनले भने ।

स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलाउनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ । फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङ गर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत हुने भट्टराईको विश्वास छ ।

यँहाका स्थानियहरुले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने उनको विश्वास छ । यस स्टोरमा अन्तराष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, वल्र्ड क्लास ब्राण्डेड लुगाहरु लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको जानकारी दिए ।

बीरगन्जमहानगरपालिका वडा नम्बर १४ गण्डक, बहुअरिमा २ बिगाहा २ कठ्ठा क्षेत्रफलमा स्टोर निर्माणको अन्तिम चरणमा छ । स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्र्किङ सहित ७ तलाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्य भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -