spot_img

चन्द्रयानको सफलतापछि भारतले अन्तरिक्षमा पठायो सूर्ययान

spot_img
spot_img

काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज (शनिबार) आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो।

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो। आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले जनाएको छ।

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति बधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताएका छन्।

सूर्ययान सफलतापूर्वक प्रक्षेण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको उनले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय