शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

नायक अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अनुमति

सिफारिस

काठमाडौं । काठमाडौं अदालतले नायक अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले हिजोबाट लागू हुने गरी तीन दिन म्याद थपेको हो ।

- Advertisement -

अपराधिक विश्वासघातको आरोपमा केसी शुक्रबार पक्राउ परेका थिए । हिजो शनिबार सार्वजनिक विदा भएकाले उनको म्याद थप भएको थिएन । आज जिल्ला अदालतले भोलिसम्म हिरासतमा राख्न अनुमति दिएको छ । भोलि फेरि उनलाई अदालतमा उपस्थित गराउनुपर्ने छ ।

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

- Advertisement -

पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -