जनकपुरधाम उपमहानगरपालिका– २३, बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार अन्दाजी २५ वर्षीय युवकको शव आज बिहीबार बिहान मृत अवस्थामा फेला परेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले मृतकको पहिचान खुल्न नसकेको नेपाल पाेष्ट डेलीलाइ जानकारी दिए । मुखमा रगत देखिएको र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको उनले बताए । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा ल्याउन लागिएको उनले बताए ।




