वीरगंज,३ फागुन – भोजपुरी लोक कथामा अधारित रहेर निर्माण गरिएको भोजपुरी फिल्म “एक ऐसा परवरिश” नेपालको त्रिमुर्ती सिनेमाघरमा शुक्रवार प्रदर्शन हुने भएको छ । शिव प्रसाद कुर्मीको प्रस्तुती रहेको भोजपुरी चलचित्रको निर्देशन सुनिल तिवारीले गरेका छन् । चलचित्रका निर्देशक सुनिल तिवारीले नेपाल पोष्टसँग कुराकानी गर्दै भोजपुरी कथान चलचित्र “एक ऐसा परवरिश” नेपालको वीरगंज स्थित सुविधा सम्पन्न त्रिमुर्ती सिनेमाघरमा शुक्रवार रिलिज हुने तथा विस्तारै अन्य सिनेमाघरहरुमा रिलिज गरिने वताए ।
फिल्म लोक कथामा अधारित रहेको एवं बाराको बरियारपुरमा रहेको गढीमाई माताको महिमा सिनेमा देखाइएको निर्देशक तिवारीले बताए । उनले यसको अलावा फिल्मको गीत संगित राम्रो वनेको एवं कथा वस्तु हरेक बर्गलाई छोएको कारण सबैलाई एक चोटी एक ऐसा परवरिश फिल्म हेर्नै पर्ने बताए । फिल्मका निर्माता एवं कलाकार शिव प्रसाद कुर्मीले फिल्म सुद्ध भोजपुरी परिवेशमा निर्माण गरिएको कारण स–परिवार एकसाथ सिनेमाघरमा आएर हेर्न सक्ने बताए ।
परवरिश चलचित्रमा कलाकारको रुपमा दशरथ दिवाना, टिकटक स्टार सोम्या पोखरेल,शिव प्रसाद कुर्मी एवं राजेश राम लागयतको अभिनय रहेको छ । कलाकारहरुले फिल्ममा वेजोड अभिनय गरेको कारण पनि फिल्मलाई राम्रो बनाएको फिल्मका निर्देश सुनिल सितवारीले बताए । फिल्मको सुटिङ्ग बारा,पर्सा एवं नेपालको बिभिन्न ठाउँहरुमा गरिएको कारण लोकेश पनि अति नै सुन्दर सिनेमामा देखिएको निर्देशक तिवारीको भनाई छ । फिल्मले आफ्नो गाउँ ठाउँका कलाकारहरुलाई अभिनय गर्ने मौका प्रदान गरेको निर्माण कुर्मीको भनाई छ ।

