यस्तो छ तपाइँको आजको राशिफल

spot_img

२८ वैशाख, काठमाडौं । आज मिति २०८१ साल वैशाख २८ गते बिहिबार तदनुसार मे १० तारिख, नेपाल संवत् ११४४ (चिल्लागा) उत्तरायण वसन्त ऋतु शुक्ल पक्षको द्वितीया तिथि, रोहिणी नक्षत्र, । अतिगण्ड योग । चन्द्र राशि वृष । यो अशुभ योग हो ।

वैदिक ज्योतिषमा आधारित तपाईँको आजको राशिफल  यस प्रकार रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएता पनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रंग : कालो

शुभ अंक : ८

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय ठिकै छ । मनमा उत्साह र उमङ्‍गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रंग : रातो

शुभ अंक : ४

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय मध्यम छ । पारिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रंग : चाँदी

शुभ अंक : ९

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय राम्रो छ । मिहिनेतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ्य सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।

शुभ रंग : बैजनी

शुभ अंक : १

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा सम्बन्ध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

शुभ रंग : रातो

शुभ अंक : ३

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि सम्बन्ध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

शुभ रंग : रातो

शुभ अंक : ७

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेसन गर्नुहोस्। आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा सम्बन्ध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

शुभ रंग : हरियो

शुभ अंक : २

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रंग : हरियो

शुभ अंक : ४

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय ठिकै छ । शरीरमा आलस्यता आउन सक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रु पक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नु होला ।

शुभ रंग : पहेँलो

शुभ अंक : २

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशी मिल्नसक्ने समय छ ।

शुभ रंग : नीलो

शुभ अंक  : ५

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएता पनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रंग : कालो

शुभ अंक : ३

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रंग : सुन्तला

शुभ अंक : ५

spot_img

ताजा अपडेट

लोकप्रिय