भोजपुरी स्टार पवन सिंहलाई भाजपाले पार्टीबाट निष्कासन

spot_img

बिहार,०९ जेठ । भारतीय जनता पार्टी (भाजपा)ले बिहार राज्यको कराकतबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।

लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट सिंहलाई टिकट दिएको थियो । यद्यपि उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि सिंहले चुनाव नलड्ने घोषणा गरेका थिए ।

यसपछि भाजपाले आसनसोल सिटबाट एसएस अहलुवालियालाई टिकट दिएको थियो ।

त्यसपछि सिंहले बिहारको कराकट सिटबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उपेन्द्र कुशवाहा यहाँ एनडीएबाट उम्मेदवार छन् ।

बिहार बीजेपीबाट सिंहलाई हटाउने सम्बन्धमा भनिएको छ, ‘लोकसभा चुनावमा तपाई (पवन सिंह) एनडीएको अधिकृत उम्मेदवार विरूद्ध लड्दै हुनुहुन्छ । तपाईको यो कार्य पार्टी विरोधी हो । जसका कारण छवि पार्टीलाई कलंकित गरेको छ ।’

पार्टी विरोधी कार्य गरेको भन्दै पार्टी राज्य अध्यक्षको आदेशबमोजिम उनलाई पार्टीबाट निष्कासन गरिएको पार्टीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय