आजको दैनिक राशिफल: वि.सं. २०८१ साल कार्तिक १६ गते (शुक्रबार)

spot_img

तपाईँको दिन शुभ रहोस्। आजको शुभ-अशुभ समय, राहुकाल, ब्रहा मुहूर्त, तिथि, र ग्रहदशा सहित सम्पूर्ण राशिफल यहाँ प्रस्तुत गरिएको छ।

पञ्चाङ्ग

  • तिथि: औँशी, २७ घडी ३० पला, बेलुकी ५:१५ पछि प्रतिपदा
  • नक्षत्र: स्वाती, ५३ घडी १५ पला, राति ३:३३ पछि विशाखा
  • योग: प्रिती, बिहान ११:५५ पछि आयुष्मान
  • करण: नाग, बेलुकी ५:५५ पछि किंस्तुध्न
  • चन्द्रराशि: तुला

आजको शुभ-अशुभ बेला

शुभ बेला:

  • लाभ बेला: बिहान ६:१६ देखि ७:३८
  • अमृत बेला: बिहान ७:३९ देखि ९:०१
  • शुभ बेला: बिहान १०:२५ देखि ११:४७

अशुभ बेला:

  • काल बेला: बिहान ९:०२ देखि १०:२४
  • रोग बेला: बिहान ११:४८ देखि दिउँसो १:०९ र बेलुकी ३:५६ देखि ६:५५
  • राहुकाल: बिहान १०:२३ देखि ११:४६

ब्रहा मुहूर्त

ब्रहा मुहूर्त: बिहान ४:३९ देखि ५:२७

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

एकल तथा साझेदारी व्यापारबाट प्रशस्त नाफा कमाउन सकिनेछ। पारिवारिक यात्रामा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

मावली पक्षबाट सहयोग पाइनेछ। विवादित विषय तपाईँकै पक्षमा आउनेछ। पढाइमा अग्रजहरूको समर्थनले मनोबल बढ्नेछ। व्यापार व्यवसायमा लाभ हुने समय छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

काम समयमा नसकिने र असहयोग हुनेछ। यात्रा र सवारीमा ध्यान दिनुहोला। खुट्टा तान्नेहरू सक्रिय रहन सक्छन्, तर उपहार प्राप्तिको योग छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

घरायसी समस्याले अर्थ अभाव हुनेछ। अध्ययनमा समय दिएपनी नतिजाको लागि कुर्नु पर्नेछ। आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

दाजुभाई र छिमेकीसँगको सम्बन्ध सुधार हुनेछ। पराक्रमले जोशिलो काम गर्न प्रेरित गर्नेछ। व्यापारमा वृद्धि र प्रेममा नजिक हुने समय रहेको छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

वातावरणमा ध्यान दिनुहोला। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। व्यापारमा वृद्धि र मनोरञ्जनमा समय व्यतीत हुनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

रचनात्मक कार्यका लागि उत्तम दिन छ। राजनीति कर्मीलाई पद प्राप्तिको योग छ। अफन्तसँग रमाइलो समय बिताउन सकिनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

स्वास्थ्य समस्या हुन सक्नेछ। अरूको भरपर्दा काममा विलम्ब हुनेछ। तर खानपानमा समय व्यातित हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

कृषि र पशुपालनमा लगानीले आम्दानी हुनेछ। जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

व्यापारबाट प्रशस्त आम्दानी हुनेछ। सामाजिक कार्यमा उपलब्धि मूलक काम हुनेछ। माया प्रेममा सामिप्यता बढ्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

स्वास्थ्य समस्यामा ध्यान दिनुहोला। धार्मिक यात्रामा मन जानेछ। माया प्रेममा खुशी बढ्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

कडा मेहनतको खाँचो छ। आफन्तसँग मनमुटाव बढ्न सक्छ। व्यापारमा वृद्धि हुनेछ। यात्रा र खानपानमा समय व्यातित हुनेछ।

तपाईँको दिन शुभ रहोस्।

spot_img

ताजा अपडेट

लोकप्रिय