spot_img

गढीमाई मेला २०८१ मा विशेष दर्शनको व्यवस्था

spot_img
spot_img

श्री गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समिति २०८१ ले आगामी मेला अवधिभर विशेष दर्शनको व्यवस्था गर्ने निर्णय गरेको छ। मंसिर १७ देखि मंसिर २५ गतेसम्म विशेष दर्शन सुविधा उपलब्ध गराइनेछ। यस सुविधाले श्रद्धालु भक्तजनहरूलाई व्यवस्थित रूपमा गढीमाई मन्दिरको दर्शन गर्न सहज बनाउनेछ।

विशेष दर्शनका लागि प्रति व्यक्ती रु ५०० शुल्क तोकिएको छ। यस व्यवस्थाले भक्तजनहरूको सुविधा सुनिश्चित गर्न सहयोग गर्ने विश्वास समितिले लिएको छ। थप जानकारीका लागि मेलाको व्यवस्थापन समितिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय