spot_img

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

spot_img
spot_img

काठमाडौं,२१ मंसिर । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङप्रेरित लुम्बिनीले लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार टस जितेर सुरुमा ब्याटिङ गर्ने आफ्नो निर्णयलाई सही साविक गर्दै रोहितले अर्धशतक प्रहार गरेपछि लुम्बिनीले निर्धाति २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गर्‍यो । इनिङको अन्तिम बलमा रनआउट भएका लुम्बिनीका रोहितले ९५ रन बनाए । शतक बनाउन पाँच रनले चुकेका रोहितले उनले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरे । प्रतियोगितामा रोहित अर्धशतक बनाउने १०औँ ब्याटर बने ।

४६–३ को कठिन स्थितिबाट रोहितले चौथो विकेटका निम्ति टम मोरिससँग ११० रनको शतकीय साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । जारी प्रतियोगितामा चौथो विकेटका निम्ति बनेको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि, चितवनका कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए । कुशल र रविले पोखराविरुद्ध नै यो साझेदारी बनाएका थिए ।

मोरिसले ४५ रन बनाए । अर्धशतक बनाउन पाँच रनले चुकेका मोरिसले ३८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । मोरिसलाई १९औँ ओभरको अन्तिम बलमा आन्द्रियस गौसले रनआउट गरेका थिए ।

लुम्बिनीको खातामा सन्दीप जोराले १८ रन थपे । सातौँ ओभरको पहिलो बलमा म्याट क्रिट्च्लीबाट एलबीडब्लूको धरापमा पर्नुअघि सन्दीपले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विवेक यादव दुई रनमा अविजित रहे ।

त्यसअघि लुम्बिनीका दुवै ओपनर डक भएका थिए । ओपनर आशुतोष घिरैया पहिलो ओभरको तेस्रो बलमा विपीन खत्रीबाट एलबीडब्लू आउट भए ।  लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय