सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : कोइराला

spot_img

चितवन, २२ मसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।’

फरक प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए । सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए। बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय