काँग्रेसको कोशी सम्मेलन विराटनगरमा सुरु

spot_img

विराटनगर, २२ मसिर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन सुरु भएको छ । विराटनगरमा सुरु भएको भेलाको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

भेलामा प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । कार्यक्रममा पार्टी सभापति देउवा, उपसभापति पूणर्बहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सह महामन्त्री भीष्म आंगदाम्बे, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता विजयकुमार गच्छदार, डा. सशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतको उपस्थिति रहेको छ ।

इटहरीबाट विहान विराटनगर कार्यक्रमका लागि आएका सभापति देउवा कोइराला निवास समेत पुगेका छन् ।

डा. शसांक कोइरालासंग उनले कोइराला निवासमा चियापान गरेका छन्। त्यसलगत्तै होटल मनाश्लुमा आयोजना भएको सम्मेलनमा सहभागिता जनाएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय