बारा,२३ मंसिर – बाराको महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुरमा लागेको गढीमाई पञ्चबर्षिय मेलामा आइतवार रांगाको बली दिइदै छ । बिहान १ बजेदेखि शुरु भएको बिशेष पुजा सम्पन्नसँगै रांगा बली दिने कार्य शुरु भएको हाे । आज १ बजेदेखि शुरु भएको बिशेष पुजा ६ः३० सम्म चलेको थियो ।
पुजा समाप्त भएसँगै ७ बजेदेखि रांगा बली शुरु भएको श्री गाढीमाई पञ्चबर्षिय मेला मुल व्यवास्थापन समितिका महासचिव नरेश जैसवालले बताए । बिशेष पुजा सकिएपछि पंचबली दिइएको तथा पंचबली सकिएपछि रांगा बली शुरु भएको जैसावालले बताए ।
यस बर्षको मेलामा कतिको संख्यामा रांगा वलि चढेको एकिन भन्न सक्ने अवस्था नरहेको बताउँदै महासचिव जैसवालले बली आज सूर्यस्त नभएसम्म चढने तथा संख्या बेलुका सम्म एकिन हुने सक्ने बताए । उनले आइतवार रांगा वली हुने तथा भोली सोमवार बिहानदेखि बोका बली शुरु हुने बताए ।
यस बर्षको गढीमाई पञ्चबर्षिय मेला भव्य र सभ्य रुपमा शुरु भएको तथा पुजा समेत बिधि पूर्वक सम्पन्न भएको मेला समितिले जनाएको छ । वली व्यवस्थापन गरिएको ठाउँमा राँगा पु¥याउँन नसेकेका भक्तजनहरुलाई आइतवार सूर्यस्त अगावै वली भइरहेको ठाउँ गढीमाई रंगशालामा रांगा पु¥याउँन तथा पु¥याउँन नसके सो बापतको नगदी रसिद मेला समितिबाट कटाउन मुल मेला व्यवस्थापन समितिले जनाएको छ ।
आज साझसम्म रांगा वलि समाप्त हुने र सोमवार बिहानदेखि नै बोका वली शुरु हुने मेला समितिले जनाएको छ । गढीमाई मेला मंसिर १ गतेदेखि नै शुरु भएको भएपनि २१ गतेपछि मेलामा थामी नसक्नु भिड बढेको मेला समितिले बताएकाे छ । गढीमाई पञ्चबर्षिय मेला हरेक ५ बर्षमा एक पटक १ महिना सम्म लाग्ने गरेको छ ।
शासकीय संरचना परिवर्तनसँगै गढीमाई मेलालाई स्थानिय सरकारले व्यवस्थापन गर्दै आएको छ । मेलालाई सभ्य र भव्य बनाउँन महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको अध्यक्षमै मेला मुल व्यवस्थापन समिति गठन गरेको छ । मेलाको पुरा व्यवस्थापन सोहि समितिले गरी रहेको छ ।

