काठमाडौं, ०५ पुस । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि एक हजारभन्दा बढी कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ जना र विभिन्न समूहका ५ तह (सहायकस्तर)मा ८८८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुग्ने नेपाली नागरिकले माघ ३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

