काठमाडौं, ०५ पुस । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिहीबार साँझ बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली अकस्मात अस्वस्थ भएपछि बैठक आजलाई सारिएको थियो ।
बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल हुने जनाइएको छ ।

