प्रधानमंत्रीकाे निर्देशनमा पोखरिया अस्पताल ५० शय्यामा स्तरोन्नति हुने

spot_img

वीरगन्ज, ०५ पुस । पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय स्वाग तयोग्य छ। यो निर्णयले स्थानीयवासीको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अासा गिरएकाे छ ।

प्रधानमन्त्रीकाे विशेष निर्देशन र स्वास्थ्य मन्त्रालयको सिफारिशमा भएको यो ऐतिहासिक निर्णयले जनताका दीर्घकालीन माग पूरा गर्दै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने छ ।

यस उपलब्धिलाई साकार बनाउन पहल गर्ने सम्पूर्ण व्यक्तिहरूलाई विशेष धन्यवाद। जनप्रतिनिधिहरू, सामाजिक अगुवा, र राजनीतिक नेताहरूको धैर्य र निरन्तर प्रयास सराहनीय छ ।

यो कदमले क्षेत्रीय स्वास्थ्य संरचनामा नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ। स्थानीय जनताको जीवनस्तर उकास्न यो निर्णय महत्वपूर्ण साबित हुनेछ ।

यो महत्त्वपूर्ण उपलब्धि सम्भव बनाउन सम्माननीय प्रधानमंत्री ज्यु लाई अभार साथै प्रत्यक्ष-अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने पोखरिया नगरका जनप्रतिनिधि, सामाजिक अगुवा, तथा विभिन्न राजनीतिक दलका नेताज्यूहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु, खानेपानी मन्त्री यादवले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय