सर्केगाडको टेलिफोन टावर तोडफोड, पालिकावासी सञ्चारविहीन

spot_img

हुम्ला, ०६ पुस । हुम्लाको सर्केगाड गाउँपालिका-५ को भदालीमा राखिएको नेपाल टेलिकमको टावर तोडफोड भएको छ ।

टावर तोडफोड भएसँगै सर्केगाड गाउँपालिकावासी सञ्चारविहीन भएका छन् । अज्ञात समूहले राति गएर सोलार तोडफोडदेखि तारहरू चुडालेपछि दुई दिनदेखि सर्केगाडबासी सास्ती खेप्नु परेको हो ।

भदालीमा रहेको टेलिकमको टावर तोडफोड भएपछि सर्केगाड गाउँपालिकाको काम पनि प्रभावित भएको वडानम्बर ४ का छवि थापाले बताए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका केन्द्र सर्केगाड, वडा-१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताएको छ । नेपाल टेलिकमको टावर तोडफोड भएपछि स्थानीय सेवाग्राहीहरूले सास्ती खेप्नु परेको नेपाल टेलिकम हुम्लाका प्राविधिक सहायक गोर महतले बताए । प्रहरी मुचुल्का नआएसम्म मर्मत नहुने महतको भनाइ छ । तीनपटक तोडफोड भएको महतले बताए ।

सर्केगाडमा इकाला प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखा समेत रहेका छन् ।

फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समेत समस्या बनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय