spot_img

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई भोज

spot_img
spot_img

काठमाडौं,०७ पुस । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भोज खुवाएका छन् ।

शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो।

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो।

जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए ।

कमिटिले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरुलाई भण्डारा खुवाएको उनले बताए ।

यस्तै यही खुसीयालीमा पर्साको सखुवा पर्सौनी गाउँपलािकाले आज सार्वजनिक विदा समेत दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय