प्रतितोला ४ सयले सुनको मूल्यमा बढोत्तरी

spot_img

काठमाडौं, १५ पुस । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय