पोखरा, १६ पुस । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रमुख व्यक्तिहरूका बयान अन्तिम चरणमा पुगेका छन् । न्यायाधीश नितिज राईको इजलासमा चलिरहेको यो मुद्दामा अबसम्म ६ जनाको बयान पूरा भइसकेको छ, र हाल प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जानकारी दिएको छ ।
लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, र कृष्णबहादुर गुरुङका बयान पनि सकिएको हो। आरती गुरुङको बयान सकेपछि आजै थुनछेक बहस शुरु हुने स्रेस्तेदार राजन खनालले बताएका छन् ।
सहकारी ठगीको आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा थपिएको छ। प्रतिवादी सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

