सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको तर्फबाट बहस जारी

spot_img

पोखरा, १९ पुस । कास्की जिल्ला अदालतमा चलिरहेको सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस जारी रहनेछ। हिजोदेखि सुरु भएको बहस अझै नसकिएकाले आज पनि जारी राख्ने तयारी भएको हो ।

यसअघि, बुधबारसम्म सरकारी वकिलहरूको तर्फबाट बहस सम्पन्न भएको थियो। त्यसपछि हिजोदेखि जाहेरीवालाहरूको तर्फबाट बहस सुरु भएको हो।

हिजोको बहसमा वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली, र हरि कट्टेलले तर्क प्रस्तुत गरेका थिए ।

मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बहस भइरहेको छ। उक्त मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहित अन्य प्रतिवादीहरूलाई समेटिएको छ ।

सरकारी वकिलका तर्फबाट यसअघि न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, र सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

कास्की अदालतका स्रेस्तेदार राजन खनालका अनुसार जाहेरीवालाको तर्फबाट बहस सकिएपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ। अन्त्यमा जवाफी बहस उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने गरी प्रक्रिया अघि बढाइने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय