माओवादी बैठकमा विशेष महाधिवेशनको माग

spot_img

काठमाडौं, २२ पुस नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले पार्टीको भविष्य र कार्यशैलीमा सुधारका लागि विशेष महाधिवेशनको माग गरेकी छन् ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी बैठकमा धारणा राख्दै घर्तीले पार्टीभित्र नयाँ विचार र बहसको आवश्यकता औंल्याइन्। उनका अनुसार, अब पुरानी कार्यशैलीबाट परिवर्तन सम्भव छैन, र त्यसैले पार्टीभित्र महान् बहसको मोर्चा खोल्नुपर्ने बताएका छन् ।

विशेष महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्वको सवालमा छलफल र बहसलाई प्राथमिकता दिनुपर्ने उनले जोड दिइन्। “अब घिसेपिटे कार्यशैलीबाट परिवर्तन सम्भव छैन, त्यसैले पार्टीको भविष्यका लागि महान् बहस आवश्यक छ,” घर्तीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

यसैबीच, घर्तीले पार्टीको जिम्मेवारीमा रहेका अधिकांश सदस्यहरूमा बिचलन र स्खलन आएको जिकिर गर्दै, त्यो केही सदस्यमा बढी र केहीमा कम देखिएको बताइन्। साथै, उनले वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा परिवर्तन गर्नुपर्ने समेत माग गरेकी छन् ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनलाई सही मान्दै घर्तीले उत्पीडित वर्गको दृष्टिकोणबाट प्रतिवेदन उपयुक्त रहेको धारणा राखेकी छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय