Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

आफ्नो एआईले हुँदै नभएको कुरा लेखेपछि एप्पल लज्जित, माग्यो माफी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । एप्पलको एआई प्रणाली फेरि विवादमा परेको छ । लगातार गल्ती गर्दै आएको एआईले यसपटक टेनिस खेलाडी राफायल नाडालबारे हुँदै नभएको कुरा लेख्दै गलत सूचना फैलायो । एआईले नाडाल समलिंगी भएको सूचना पठाएपछि प्रयोगकर्तामाझ भ्रम सिर्जना भयो ।

यसअघि पनि एप्पलको एआईले टेनिस च्याम्पियन ल्यूक लिटलरले खेल सुरु हुनुअघि नै जितेको नोटिफिकेसन पठाएको थियो । त्यस्तै तीन साता पहिले युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्याको आरोप लागेका लुइगी मान्जिओनले आत्महत्या गरेको भनेर झुटो नोटिफिकेसन पठाइएको थियो ।

यस्ता बारम्बार भएका गल्तीले एप्पलप्रति प्रयोगकर्ताको विश्वासमा गम्भीर असर पुगेको विश्लेषण गरिएको छ ।

आफ्नो प्रतिष्ठामाथि आँच पुगेपछि एप्पलले माफी माग्दै समस्या समाधान गर्न सफ्टवेयर अपडेट ल्याउने प्रतिबद्धता जनाएको छ । “हामी प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा एआई सुधार गर्न गम्भीर छौं,” एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एप्पलको एआई सुविधा पहिलो पटक अक्टोबर २०२४ मा सार्वजनिक भएको थियो । यसले नोटिफिकेसनलाई संक्षेपमा प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । तर, लगातारको गलत सूचनाले यो सुविधा विवादित बनेको छ । विज्ञहरूले एआई प्रणाली अझ परिपक्व नभएसम्म यसलाई समाचार क्षेत्रमा प्रयोग नगर्न सुझाव दिएका छन् ।

ताजा समाचार

थप समाचार