शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

आफ्नो एआईले हुँदै नभएको कुरा लेखेपछि एप्पल लज्जित, माग्यो माफी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । एप्पलको एआई प्रणाली फेरि विवादमा परेको छ । लगातार गल्ती गर्दै आएको एआईले यसपटक टेनिस खेलाडी राफायल नाडालबारे हुँदै नभएको कुरा लेख्दै गलत सूचना फैलायो । एआईले नाडाल समलिंगी भएको सूचना पठाएपछि प्रयोगकर्तामाझ भ्रम सिर्जना भयो ।

यसअघि पनि एप्पलको एआईले टेनिस च्याम्पियन ल्यूक लिटलरले खेल सुरु हुनुअघि नै जितेको नोटिफिकेसन पठाएको थियो । त्यस्तै तीन साता पहिले युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्याको आरोप लागेका लुइगी मान्जिओनले आत्महत्या गरेको भनेर झुटो नोटिफिकेसन पठाइएको थियो ।

यस्ता बारम्बार भएका गल्तीले एप्पलप्रति प्रयोगकर्ताको विश्वासमा गम्भीर असर पुगेको विश्लेषण गरिएको छ ।

आफ्नो प्रतिष्ठामाथि आँच पुगेपछि एप्पलले माफी माग्दै समस्या समाधान गर्न सफ्टवेयर अपडेट ल्याउने प्रतिबद्धता जनाएको छ । “हामी प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा एआई सुधार गर्न गम्भीर छौं,” एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एप्पलको एआई सुविधा पहिलो पटक अक्टोबर २०२४ मा सार्वजनिक भएको थियो । यसले नोटिफिकेसनलाई संक्षेपमा प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । तर, लगातारको गलत सूचनाले यो सुविधा विवादित बनेको छ । विज्ञहरूले एआई प्रणाली अझ परिपक्व नभएसम्म यसलाई समाचार क्षेत्रमा प्रयोग नगर्न सुझाव दिएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार