काठमाडौँ, १३ माघ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट, डाटा, नेटवर्क र उपकरणलाई साइबर खतराबाट जोगाउन १०२ बुँदे सुरक्षा निर्देशिका (एडभाइजरी) जारी गरेको छ । एडभाइजरीमा पासवर्ड व्यवस्थापनदेखि सामाजिक सञ्जाल र मोबाइल उपकरण सुरक्षासम्मका विविध उपायहरू समेटिएका छन् ।
वेबसाइट अपडेट, डाटाको नियमित ब्याकअप, मल्टिफ्याक्टर प्रमाणीकरण, लाइसेन्स प्राप्त सफ्टवेयरको प्रयोग र साइबर तालिममार्फत सरकारी प्रणालीलाई सुरक्षित बनाउन निर्देशिका लागू गर्न केन्द्रले आग्रह गरेको छ ।
निर्देशिकाले सम्भावित साइबर जोखिम न्यूनीकरण गर्दै सरकारी तथा नागरिक सचेतना बढाउने अपेक्षा गरेको छ।

