spot_img

रञ्जिता श्रेष्ठले मागिन् राज्य व्यवस्था समिति सदस्यको पद

spot_img
spot_img

काठमाडौं,१४ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यको रूपमा कार्य गर्न इच्छा व्यक्त गर्दै संसद सचिवालयमा पत्र पठाएकी छन्।

अघिल्लो सरकारमा श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन् । मन्त्री भएका कारण उनी कुनै पनि संसदीय विषयगत समितिमा थिइनन् । ‘राज्य व्यवस्था समितिमा रहने गरी संसद सचिवालयमा पत्र दिइएको छ । सदन चालू भएपछि हुन्छ भन्नुभएको छ’ श्रेष्ठले जानकारी दिइन् ।

संसद सचिवालयले भने कुनै निर्णय गरिनसकेको जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय