सुनको मूल्यमा गिरावट

spot_img

काठमाडौं, १७ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय