शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिराहा, १९ माघ । सिराहामा १० देखि १४ वर्ष उमेरका ४५ हजार ४ सय ६३ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। यो अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला स्वास्थ्य कार्यालय सिराहाका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवका अनुसार, १७ पालिकामा तीन सय ६३ विद्यालय र एक सय ५५ स्वास्थ्य संस्थासहित ५१८ खोप केन्द्र निर्धारण गरिएको छ ।

अभियानले कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई प्राथमिकता दिइरहेको छ, र विद्यालयहरूलाई खोप केन्द्रका रूपमा प्रयोग गरिनेछ। विद्यालय नआउने वा अन्य स्थानमा रहेका किशोरीहरूलाई पायक पर्ने विद्यालय वा खोप केन्द्रमार्फत खोप दिइनेछ ।

पहिलो चरणमा सिराहा, मिर्चैया, कल्याणपुर, कर्जन्हा, लहान, सुखिपुर लगायतका नगरपालिकामा खोप लगाइने छ। दोस्रो चरणमा अन्य पालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

जनस्वास्थ्य अधिकृत यादवले खोप सुरक्षित र प्रभावकारी भएको भन्दै सबैलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार