भारतमा केबल क्षतिका कारण नेपालमा इन्टरनेट सेवा अवरुद्ध

spot_img

वीरगन्ज, २१ माघ । आइतबार राति भारतको उत्तर प्रदेश र बिहार राज्यमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति भएपछि नेपालभर इन्टरनेट सेवामा व्यापक अवरोध देखिएकाे छ ।

राति करिब ९ बजेदेखि इन्टरनेट सेवा सुस्त बनेपछि मोबाइल तथा ब्रोडब्यान्ड प्रयोगकर्ताहरूले इन्टरनेट अवरुद्ध भएको गुनासो गरेका थिए ।

अपस्ट्रिम केबल क्षतिका कारण नेपालतर्फ आउने इन्टरनेट ब्यान्डविथ अवरुद्ध हुँदा सेवा प्रभावित भएको बताइएको छ। आवश्यक प्राविधिक मर्मतपछि अहिले इन्टरनेट सेवा सामान्य अवस्थामा फर्किएको एक नेटवर्क प्रदायक प्रतिनिधिले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय